नेपाली कांग्रेसका युवा नेता गगन थापाले भने अबको ४० दिनपछि केपी ओली सरकार ढाली दिने चुनौती दियो
काठमाडौं, ७ माघ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले अबको ४० दिनपछि केपी ओली सरकार ढल्ने दाबी गरेका छन् ।
नेपाल प्रेस यूनियन रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले यस्तो बताएका हुन्।
उक्त कार्यक्रमा बोल्दै थापाले ओली सरकारको दिनगन्ती सुरु भइसकेको जिकिर गरे । ओली नेतृत्वको सरकार पूरै असफल भएकाले यहि सरकारलाई लम्ब्याइरहे जनतालाई ठूलो अन्याय हुने उनले बताए ।
उनले सरकार चलाउने तरिका नै ठिक नभएको भन्दै अबको चालिस दिनसम्म पनि सरकारको पारा यहि भए सरकार आफै समाप्त हुने उनको चेतावनी दिए ।
ओली सरकारलाई अबको ४० दिनमात्र सुध्रिने मौका रहेको भन्दै उनले भने ’कांग्रेसको तेह्रौ महाधिवेशनपछि सरकार परिवर्तन भइछाड्छ।’


0 comments
Write Down Your Responses