पूर्वमन्त्रीहरुसहित २४ हजार कर्मचारीमाथि अख्तियारले यसरी कारबाही गरिदै
काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सम्पत्ती सम्पत्ती विवरण नबुझाएको भन्दै २४ बढी कर्मचारीलाई कारबाही गर्ने भएको छ ।
गत आर्थिक वर्षको सम्पत्ती विवरण समयमा नबुझाएको भन्दै आयोगले २४ हजार ३ सय ७६ कर्मचारीलाई रु ५ हजारको दरले जरिवाना गर्ने निर्णय गरेको हो ।
उक्त संख्यामा केहि पूर्वमन्त्री, सांसदहरु, शिक्षक तथा अन्य सरकारी कर्मचारी समेत रहेको अख्तियारले जनाएको छ ।
यी हुन् अख्तियारको कारबाहीमा पर्ने मन्त्री तथा सांसद
सम्पत्ती विवरण नबुझाउने तथा ढिला गरि बुझाउनेमा बहालवाला मन्त्री नै चारजना रहेका छन् । जसमध्ये एकनाथ ढकाल, कुन्तीकुमार शाही, विराज विष्ट र दिनेश श्रेष्ठ रहेका छन् । विष्ट र श्रेष्ठले सम्पत्ती विवरण ढिला गरि बुझाएका थिए भने शाही र ढकालले हालसम्म पनि विवरण बुझाएका छैनन् ।
यस्तै जरिवानामा पर्नेमा पूर्वमन्त्री रामशरण महत पनि परेका छन् । उनले मन्त्री हुँदा सम्पत्ती विवरण बुझाउँदै बुझाएनन् । यस्तै पूर्वमन्त्री राधा ज्ञवाली र निलम केशीपनि ढिलागरि सम्पत्री विवरण बुझाएकाले जरिवानामा परेको अख्तियारको सूचिमा उल्लेख छ ।
यस्तै ढिलागरि सम्पत्ती विवरण बुझाएवापत अख्तियारको कारबाहीमा पर्नेमा सांसदमा अइन्द्र सुन्दर नेम्वाङ, उषा यादव, चन्द्रकान्त भण्डारी, चन्द्र महर्जन, पूर्णबहादुर खड्का, बृजेशकुमार गुप्ता, मनमोहन भट्टराई, महेन्द्र राय यादव, श्यामकुमार श्रेष्ठ , सुरेन्द्र प्रसाद यादव, हरिचरण शाह, उर्मिलादेबी शाह रहेका छन् ।
यस्तै सम्पत्ती विवरण हालसम्म पनि नबुझाएर सांसदहरु अनिका कुमार रुम्गटा, अभिशेक प्रताप शाह, आङटावा शेर्पा, आनन्दप्रसाद ढुंगाना, उपेन्द्र यादव कर्णबहादुर बिक, कञ्जनचन्द्र बादे, कमलेश्वर पुरी गोस्वामी, कुमारी लग्मी राई, गणेश प्रसाद विमली, जनकबहादुर बुढा बझाङ, जगिंलाल राय , दिनेशप्रसाद शाह, दिलिप खवास गच्चदार , धर्मेन्द्र केमार शाह, प्रदीप गिरी, रञ्जित कर्ण, लक्ष्मणलाल कर्णलगायत ३७ जना अख्तियारको कारबाहीमा परेका छन् ।


0 comments
Write Down Your Responses