हाम्रो नेपाली प्रहरीलाई गोली हान्ने भारतीय हतियारसहित पक्राउ
धनगढी : कञ्चनपुरको बेलौरी नगरपालिका–१० बाट प्रहरीले भारतीयबाट साथबाट एक राउन्ड गोलीसहित नलकटुवा पेस्तोल र पौने २ किलो चरेस बरामद गरेको छ ।
मंगलबार बेलुकी सुराकीको सूचनाको आधारमा चरेश लैजान भारतीय चारपाँच जना मानिसहरु नेपाल आएको खबर पाएपछि सादा पोशाकमा गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय बैलौरीको टोलीले हतियार सहित चरेश बरामद गरेको हो ।
चारपाँच जनाको संख्यामा आएका उनीहरुलाई प्रहरीले चेकजाँच गर्दा उनीहरु फायर गर्दै भागेपछि प्रहरीले पनि एकराउण्ड जवाफी फायरिङ गरेको सुदूरपश्चिम क्षेत्रका डिआईजी माधव नेपालले जानकारी दिए ।
प्रहरीले पिछा गर्दै जाँजा भारतको पिलिभित जिल्ला घर भएका २० वर्षका पालु सिहलाई एक किलो ७ सय ग्राम चरेश र एक राण्ड गोली भरिएको नकटुवा पेस्तोल सहित पक्राउ परेका डिआईजी नेपालले जानकारी दिए ।


0 comments
Write Down Your Responses