विदेश पलाएन हुने भिसा थन्क्याएर स्वदेशमै यसरी व्यवसायमा जुट्दै गुरुङ
मालिङ ३ ख्रासोलाका उमेश गुरुङले कुनै दिन विदेश गएर छिटो पैसा कमाउँला र धनि बनौँला भन्ने सपना देखेका थिए । सोही सपना पुरा गर्न उनि पाकिस्तान गएर पाँच बर्ष विताए । तर उनको मनमा सन्तोष लागेन । विदेशमा कमाएको केही पैसाले गाउँमै स्वरोजगार बन्न उनले बाख्रापालन व्यवसाय सुरु गरे ।
बाख्रा पालन गर्न उनले शुरुमा १५ लाख रुपेयाँ लगानी गरेका थिए ।
जिके गोट फर्मको रुपमा हालै बाख्रापालन शुरु गरेपनि उनले यसअघि देखि नै बेसीशहरको सातविसेमा कुखुरा फारम समेत चलाएका छन् । लेयर्स कुखुराबाट अहिले मासिक ५० हजार आम्दानी गरेका गुरुङलाई बाख्रापालन व्यवसायबाट पनि उत्तिकै आम्दानी हुने विश्वास गर्छन् । उनी भन्छन् “आफ्नै देशमा केही गर्नुपर्छ भनेर बाख्रापालनमा लागेको छु ।”
परिवारबाट टाढा रहेर बस्नुको पिडा एकातिर छ भने अर्कोतिर पराई देशको चर्को घाममा रगत र पसिना बगाउनुपर्ने बाध्यता । यस्तो बाध्यताको पछि नलागी आप्mनै गाउँघरमा कस्एिका उमेश गुरुङले आफु मात्र सन्तुष्ट छैनन्, परिवारलाई समेत सन्तुष्ट पारेर राखेका छन् ।
उनी भन्छन् “परिवारसँग गाउँमै बसेर काम गर्न पाउँदा खुशी लागेको छ, तर सरकारले व्यवसायिक र युवा किसानलाई विभिन्न सहुलियतको घोषणा गरेपनि कार्यान्वयन हुन नसकेकोमा उनको दुखेसो छ ।”
रोजगारीका लागी अहिले लाखौँ नेपाली युवा खाडी मुलुकमा काम गरिहेका छन् । विदेश गएर धेरै धन कमाउने सपना बोकेर विदेश जाने युवाको लाम बढेपनि उेमशले भने विदेश जान बनाएको पासपोर्ट थन्काएर गाउँमै व्यवसायीक बाख्रापालनमा लागेका हुन् । यस व्यवसायमा लाग्दा लाग्दा उनको आम्दानी पनि विदेश जानेको भन्दा कम्ति छैन ।

0 comments
Write Down Your Responses