एक दलित युवाले आत्महत्या गरेपछि भारतमा मच्यो हंगामा

एजेन्सी : पिएचडी स्कोलर दलित समुदायका एक युवाले आत्महत्या गरेको घटनामा भारतका एक केन्द्रिय मन्त्रीसमेत तानिएका छन् । केन्द्रिय विश्विद्यालय (एचसियु) मा पिएचडी स्कोलर २६ वर्षीय रोहित वेमुलाले आत्महत्या गरेपछि विद्यार्थी युनियनले विश्विद्यालय प्रशासनविरुद्ध आन्दोलन छेडेका छन् । आन्ध्र प्रदेशको गुन्टुर जिल्लाका बासिन्दा रोहित समाज शास्त्रमा पिएचडी गरिरहेका थिए । उनले आइतबार झुन्डिएर आत्महत्या गरेका थिए । 

समाचार अनुसार रोहितसहित उनका पाँचजना साथीहरुलाई विश्वविद्यालयले १२ दिनअघि होस्टलबाट निष्काशन गरेको थियो । आइतबार आत्महत्या गरेका रोहितको शव नजिकैबाट प्रहरीले पाँच पेज लामो सुसाइड नोट बरामद गरेको छ । निष्काशनमा परेका पाँचैजना विद्यार्थीहरु विद्यार्थी युनियनका सदस्य पनि थिए । निष्काशनमा परेका विद्यार्थीहरुको समर्थनमा उनीहरका साथी र १० वटा विद्यार्थी संगठनहरुले आइतबार भोक हड्तालमा बसेर निष्काशनको निर्णय फिर्ता लिन दबाब दिएका थिए । अम्बेडकर स्‍टुडेन्ट्स एसोसिएसनका अनुसार छात्रवृत्ति प्राप्त दलित विद्यार्थीहरुमाथि कारबाहीको माग गर्दै भारतीय जनता पार्टीका नेता दत्‍तात्रेयले मानव संशाधन विकास मन्त्रालयलाई पत्र लेखेका थिए । 

विद्यार्थी संगठनहरुले भाजपा नेता दत्तात्रेयमाथि दलित छात्रमाथि उत्पीडन गरेको आरोप लगाउँदै कारबाही माग गरेका छन् । जानकारी अनुसार विद्यार्थीहरुले रोहितलाई आत्महत्या गर्न बाध्य बनाएको अभियोगमा केन्द्रीय मन्त्री बन्डारु दत्तात्रेयविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका छन् । युनिभर्सिटी अफ हैदराबादका उपकुलपति अप्पा रावविरुद्ध पनि विद्यार्थी संगठनले प्रहरीमा जाहेरी दिएका छन् । रोहितको आत्महत्यापछि मानव संशाधन विकास मन्त्री स्मृति इरानीले यो घटनाको सत्यतथ्य पत्ता लगाउन दिल्लीबाट एक टीम हैदराबाद पठाएकी छन् । त्यो टीमले हैदराबाद गएर त्यहाँ भएको घटनाको जानकारी मन्त्रलायलाई गराउने भएको छ ।

, ,

0 comments

Write Down Your Responses

Follow on Facebook