डिएसपीले नै यसरी भित्र्याए राजधानीमा चर्चित डन बाघे

काठमाडौं – काठमाडौंका एसएसपी विक्रम सिंह थापाले गुन्डागर्दी र कालोबजारी विरुद्द युद्ध घोषणा गरे पनि उनी मातहतका एकजना डिएसपीले कुख्यात डनलाई सेटिङमा छाडेका छन् । कुमार घैंटे मारिएपछि तीन महिना विदेश पलायन भएका सुकबहादुर लामा बाघे पुनः पछिल्लो समयमा गुण्डागर्दी र हप्ताअसुलीमा सक्रिय भएको गुनासो प्राप्त भएको छ । 

काठमाडौंमा कालोबजारी र तस्करीविरुद्द कारबाहीमा उत्रिएका एसएसपी विक्रमसिंह थापाले गुन्डागर्दी गर्नेविरुद्द सुटआउट नै गर्ने घोषणा पदबहालीका क्रममा गरेका थिए । तर, उनको यो घोषणासँगै चुनौती दिँदै स्वयम्भू र बालाजु क्षेत्रमा घरजग्गाको कारोबार गर्नेदेखि विभिन्न व्यापार गर्नेहरुलाई धम्क्याएर असुली गर्ने क्रम बाघेले तीव्र पारेका छन् । व्यवसायीहरुलाई धम्की दिँदै रकम माग गर्न थालेको गुनासो महानगरीय प्रहरी वृत्त स्वयम्भूमा गरे पनि डिएसपी विमल कँडेलले कुनै वास्ता नगरेपछि स्थानीय झन् बढी आतंकित भएका छन् । बाघेले गत पुस १४ गते स्वयम्भूको नामग्याल चोकमा एकजना तिब्बती नागरिकलाई दिउँसै निर्घात कुटपिट गरी ११ लाख रुपैयाँ लुटेको सूचना प्रहरीकोमा पुगेपछि १५ दिन भारत गएर बसेका बाघे डिएसपी कँडेलसँग कुरा मिलाएर फेरि फर्किएका छन्, आजको साँघु साप्ताहिकमा खबर छ ।

श्रोत: रातो पाटी

, ,

0 comments

Write Down Your Responses

Follow on Facebook