खबर अचम्म : पतिले लिएको ऋण चुक्ता गर्न जातीय पञ्चायतले यसरी पत्नीसँग यौन संपर्क गराइयो

माघ ७, भारतको महाराष्ट्रको परभनी जिल्लामा एक जातीय पञ्चायतले यस्तो एउटा लाजमर्दो फैसला सुनायो जुन फैसलाले मानिसको शिर नै निहुरिने अवस्था आएको छ । करिब आठजना पञ्चहरु मिलेर एकजना महिलालाई सजायस्वरुप आफूहरुसँग यौनसम्बन्ध राख्नुपर्ने फैसला सुनाएका छन् । 

महिलाका पतिले लिएको ६ लाख ऋण चुक्ता गराउन पत्नीसँग यौनसम्बन्ध राख्न पाउनुपर्ने फैसला सुनाइएको हो । पतिले लामो समयसम्म ऋण तिर्न नसकेपछि पञ्चायले उनकी पत्नीको इज्जतबारे घिनलाग्दो फैसला सुनाएको हो । यस मामिलामा महाराष्ट्र अन्धश्रद्धा निर्मूलन समितिले हस्तक्षेप गरेपछि दम्पतिमाथि लगाइएको सामाजिक बहिष्कारको निर्णय हटाइएको छ ।

पञ्चायतको घिन लाग्दो सजाय सुनाइएका यी दम्पत्ति दीपक भोरे र उनकी पत्नी रहेका छन् । उनीहरु त्यहाँको गोन्धली समुदायका रहेका छन् । यसका साथै पञ्चायतको लाजमर्दो फैसलालाई पनि समितिले भंग गरिदिएको छ । महाराष्ट्रको यस घटनालाई लिएर प्रशासनको चिन्ता पनि बढाएको छ । यसका साथै यी इलाकामा सरकारी संगठन पनि सक्रिय भइरहेका छन् । सरकारले त्यहाँको पञ्चायतले यसअघि पनि यस्तो लाजमर्दो फैसला सुनाइएको हुनसक्ने आशंका गरेको छ । एजेन्सी

, , ,

0 comments

Write Down Your Responses

Follow on Facebook