काठमाडौंको बार्तामा प्रधानमन्त्री जङ्गिएपछि मधेसी मोर्चासँगको वार्ता भाँडियो, बार्ता भाँडिए सँगै रंगेलीमा हिंसात्मक झडप, तीन जनाको मृत्यु

७ माघ, मोरङ । केही दिनदेखि तनावगूस्त मोरङको रंगेलीमा बिहीबार हिंसात्मक झडप भएको छ । झडपमा परी दुई महिनासहित तीन जनाको मृत्यु भएको छ भने थुप्रै घाइते भएका छन् । एमालेसम्वद्ध युवा संघको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली जाने भनेपछि रंगेलीमा तनाव सुरु भएको थियो । 

मधेसी मोर्चाले रंगेली क्षेत्रमा बन्द आहृवान गर्दै लगातार प्रदर्शन गरेपछि रंगेली तनावग्रस्त भएको थियो । बिहीबार कार्यक्रममा प्रधानमन्त्री त गएनन् । तर, एमाले महासचिव ईश्वर पोखरेल उपस्थित भएको कार्यक्रम पनि मोर्चाले विथोल्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर दुई महिलाको मृत्यु भएको छ । 

रंगेलीमा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर ५८ वर्षीया द्रोपतीदेवी चौधरीको मृत्यु भएको छ । उनी रंगेली ४ की हुन् । उनको शव प्रहरीले कोशी अञ्चल अस्पतालमा पुर्‍याएको छ । डाइनियामा भएको झडपमा प्रहरीले चलाएको गोली लागेर १८ वर्षकी चिबु माझीको मृत्यु भएको छ । यस्तै महादेव ऋषिदेवको पनि गोली लागेर मृत्यु भएको छ । खुकुरी प्रहारबाट ५ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि गोल्डेन अस्पताल पुर्याइएको छ । 

हेर्नुहोस भिडियो

, , ,

0 comments

Write Down Your Responses

Follow on Facebook