सुखद खबर : अब प्लेन दुर्घटना हुने खतरा समाप्त, दुर्घटना भैहाले पनि सबै यात्रुहरु सकुशल बच्ने हेर्नुहोस (भिडियो सहित)
काठमाडौं – युक्रेनका इन्जिनियर भ्लादिमिर तातारेन्कोले नयाँ प्रविधिको विकास गरेका छन् । उनको नयाँ प्रविधीको प्रयोगपछि इमरर्जेन्सीको समयमा प्लेन दुर्घटनामा परेपनि यात्रूहरुको ज्यान बच्ने दाबी गरेका छन् । भ्लादिमीरले आफ्नो जीवनको लामो समय यो प्रविधी विकास गर्न खर्च गरेको बताएका छन् ।
कस्तो छ नयाँ प्रविधी ?
यो नयाँ प्रविधीमा प्लेनमा डिटेचेबल अर्थात अलग हुनसक्ने प्यासेन्जर क्याबिन लगाइएको हुन्छ । कुनै पनि दुर्घटना हुदाँ या इमरर्जेन्सीको समय यो प्लेनबाट अलग हुन्छ । क्याबिन्सको ढोकामा प्यारासुट लगाइएको हुन्छ । क्याबिन प्लेनबाट अलग हुनसाथ प्यारासुट खुल्छ । यसपछि क्याबिन जमीन वा पानीमा पनि सेफ ल्यान्डिंग हुनसक्छ । यात्रूले यस प्रविधिअनुरुप आफ्ना सामानलाई समेत आफूसँगै राख्न सक्छन् ।
डिजाइन बनाउन ३ वर्ष
भ्लादिमिरले अब प्लेन दुर्घटना भएपनि मानिसहरु ज्यान बचाउन संभव हुने बताएका छन् । यस नयाँ प्रविधीअनुसार प्लेनको विंग्स्, बडी र पछिल्लो भाग बनाउनका लागि कार्बन कम्पोजिट तथा सिन्थेटिक फाइबर प्रयोग गरिन्छ । यसलाई लिएर प्यारासूट ल्यान्ड गर्दा वजन कम हुन्छ । यसमा रबर टयूब्स पनि लगाइएको हुन्छ किनकी ल्यान्डिंग हुदाँ कुनै झट्का नलागोस् । भ्लादिमिरले यस प्रविधीलाई लिएर सर्वसाधारणमाझ सर्वे पनि गराएका छन् ।
अहिलेसम्म सबैजनाले भ्लादिमिरको तारिफ गरेका छन् ।
ब्लादिमिरले गत वर्ष नै यस एस्केप कैप्सूल स्टिमलाई रजिस्टर्ड गराएका थिए । यो सिस्टमले यात्रूहरुलाई हावामा पनि सुरक्षित राख्ने ब्लादिमिरको दाबी छ ।
यसरी काम गर्छ यो प्रविधीले
दुर्घटनाको समय प्लेनको पछिल्लो हिस्सामा लगाइएको ह्याचको मद्दतबाट यात्रू क्याबिन केही सेकेन्डमै ककपिटबाट अलग हुन्छ । त्यसपछि गनपाउडवरले इन्जनको हिस्साको स्पिड कम गर्छ ।
पछिल्लो हिस्सामा लगाइएको प्यारासुट खुल्न जान्छ । ब्लादिमिरका अनुसार यदी प्लेनभित्र आक्रमण भएको खण्डमा भने यस प्रविधीले काम गर्नेछैन ।
हेर्नुहोस भिडियो



0 comments
Write Down Your Responses