बेचीन लागेको युवतिको उद्धार तथा सो कार्यमा सँलग्न ब्यक्ति पक्राउ

माइती नेपाल कञ्चनपुरले दुई दिनमा पश्चिम नाका गड्डाचौकीबाट सात चेलीहरुको उद्दार गरेको छ । मङ्गलबार पाँचजना र बुधबार दुईजना गरी सातजना युवतीको उद्दार गरेको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिईन् । 

उद्दार गरिएकाहरुमा कञ्चनपुरका दुईजना, काठमाडौँंका एक, दाङ एक, कैलाली एक, म्याग्दी एक र चितवनका एकजना युवती रहेका छन् । उनीहरु विभिन्न बहाना बनाएर भारतलगायत तेस्रो मुलुक गइरहेको माइती नेपालले बताएको छ । ‘पश्चिमी नाका मानव बेचबिखनको केन्द्रविन्दु बनिसक्यो,’ उनले भने–‘सीमामा उद्दार गरेर मात्रै यसको रोकथाम हुँदैन, यसमा सरकार पनि गम्भीर हुनु आवश्यक छ,’ उनले भने । रासस

, ,

0 comments

Write Down Your Responses

Follow on Facebook