पाईपबाट ग्याँस दिन्छौ भनेर हार्डवेयर सामग्री बिकाउन थाल्दैछन कि क्या हो ओली जी ? (भिडियो सहित)



प्रधानमन्त्री केपी शर्मा ओली बोलीका कारण चर्चामा छन् आज भोलि सामाजिक संजालमा । पछिल्लोपटक उनको चर्चा घर(घरमा पाइपबाट ग्यास र्पुयाइदिन्छु भनेर बोलेको कुरालाई सबैले ’जोक’ को रुपमा लिएका छन् । पछिल्लो समय पटक पटक ओलीका कुराहरु चर्चामा आउन थालेका छन् । यसअघि उनले हावाबाट बिजुली निकाल्ने प्रस्ताव मन्त्रीपरिषदमै लगिसकेका थिए । प्रधानमन्त्रीले घरघरमा ग्यास लगिदिन्छु भनिसकेपछि मान्छेहरु किन चुप बस्थे ? सोसल मिडियामा प्रम ओलीको बोलि माथि केही प्रतिक्रियाहरु गोलि झैं बर्सिए । आज हामीले २४ सासल मिडियामा यिनै बिषयहरुलाई समाबेस गरेका छौँ । 

हेर्नुहोस भिडियो म पनि हावा हुँ भन्दै यूवा सुनिल नेपाली श्रेष्ठ लेख्नुहुन्छ एकजनाले माछा पक्रेर ल्याएछ घरमा पकाउनको लागि ग्यास, मट्टीतेल ,दाउरा,बिजुली केही थेन त्यसैले माछालाई फेरि खोलामै छोडिदियो माछा भन्छ ओली जिन्दावाद ! त्यस्तै टुकीको मधुरो प्रकाशमा जीवनको उज्यालो भविष्य निश्चित छ भन्दै एक यूवा लोडसेडिङ ‏यस्तो लेख्नुहुन्छ एकवर्ष भित्र बिजुली दिन्छौ भनेर ईलेक्ट्रोनिक सामग्री बिकाए, पाईपबाट ग्याँस दिन्छौ भनेर हार्डवेयर सामग्री बिकाउन थाल्दैछन। ओली व्यापारीरछन् ! 

पत्रकार बलराम बानिया लेख्नुहुन्छ इन्धन अभावले निर्माणाधीन सबै विद्युत आयोजना ठप्प छन्।ओली भन्छन्–‘एक वर्षमा लोडसेडिङ अन्त्य हुन्छ।’उखानटुक्काबाट विद्युत निस्कन्छ कि क्या हो? 

त्यस्तै प्रत्रकार किशोर नेपालले ‏ जनता सेड्युलमा छन । पानी–बत्तीको सेड्युल, भान्साको सेड्युल, ग्यास र मट्टितेलको सेड्युल । अव ओली सरकारले मृत्युको सेड्युल पनि तोक्दा हुन्छ । भन्दै ट्विट गर्नु भयको छ ! 

त्यस्तै गनेस पौडेल ‏लेख्नुहुन्छ माथी बलेको बतासे बिजुली होइन सोलार लाइट हो । तलको त अब भन्नै परेन । ओली ब्रान्डको ग्याँस नचिन्ने को छ र ! 

त्यस्तै खाडीबाट लेखक सन्तोष चिमरियाले ओलीलाई सामाजिक संजालमा चिठिनै पठाउनु भयो 

सम्माननिय प्रधानमन्त्री ! 
प्रधानमन्त्रीको कार्यलय सिंहदरबार । 

बिषय ( सल्लाह ट्क्र्याउने जागीर पाउ भन्ने बारे । 

महोदय , 
श्रीमान म पाँच कक्षा उत्रिण बेरोजगार हुं । खाडी गए गर्मी भो । मलेसिया गए अल्छी लागो । हलो जोत्ने भए किन पो खाडी र मलेसिया जान्थे र ! त्यसैले अहिले देशमै केही गर्ने उदेश्यले गाउँघर तिरै चिया दोकान र चौतारीमा, खेत बाझै राखेर भएपनि सुकरातका जस्ता अमुल्य दर्शन सित्तैमा बाडेर बस्न बाध्य छु । इनोभेटिभ टाईपका आईडियाले खोपडी टनाटन छ तर पोख्ने ठाउँ छैन । बिजुलि चम्केको तालमा आईडियाहरु फुर्छ्न तर देश र जनताको पक्षमा त्यसलाई उपयोग गर्न सकेको छैन । तपाईंकै जस्ता मेरा पनि नवीनतम योजनाहरु कति छ्न कति । 

खेमराज कट्टेलले निकै ब्यगात्मक लेख. सारै राम्रो लेख्नु भएछ सन्तोष चिमरिया जी । भन्दै कमेन्ट गर्नु भयको छ !

, , ,

0 comments

Write Down Your Responses

Follow on Facebook