नेपालद्धारा श्रीलंका पराजित, बिमल घर्ति मगरले यसरी हान्यो एक मात्र गोल
काठमाडौं : बंगलादेशमा जारी बंग बन्धु फुटबल प्रतियोगिताको समूह चरणको खेलमा नेपालले श्रीलंकालाई पराजित गरेको छ ।
बिमल घर्तीले खेलको दुई मिनेटमै गरेको गोल नेपाललाई जिताउन पर्याप्त भयो । नेपालका लागि बिमल घर्ती र अन्य खेलाडीले गोलका लागि निरन्तर मेहनेत गरेका थिए ।
खेल अवधिभर श्रीलंकलाई दबाबमा राखेको नेपाली युवा टोलीले अन्य गोल भने गर्न सकेन । २८ महिनापछि नेपालले जित निकालेको आजको खेलका म्यान अफ द म्याच बिमल नै भए ।
यो जितसँगै भारतमा भएको साफ च्याम्पियन्सिपमा भोगेको हारको बदला पनि नेपालले लिन सफल भएको छ ।
श्रीलंकलाई हराएपछि नेपाल चार अंकसहित समूह ए को शीर्ष स्थानमा उक्लिएको छ । यो जितले नेपालाई समूह चरण पार गर्न सजिलो भएको छ । श्रीलंकालाई हराउँदै नेपालले भारतमा सम्पन्न साफ च्याम्पियनसिप फुटबलमा भोगेको हारको बदला पनि लिएको ।
नेपाललाई बिजयी गराएपछि युवा स्ट्राईकर बिमलले आजको खेलमा सबै खेलाडीले टिम गेम खेलेकाजे श्रीलंकलाई हराउन सकेको बताए । उनले आजको जितको जस टिमका सबै खेलाडीलाई बाँडे ।
साफ च्याम्पियनसिपको पहिलो खेलमा श्रीलंकासँग १–० गोलले पराजित हुँदा नेपाल समूहगत चरणबाटै बाहिरिएको थियो ।
साफ च्याम्पियनसिपमा श्रीलंकासँग हार खेपे पनि नेपालको प्रदर्शन तुलनात्मक रूपमा राम्रो थियो । नेपाल र श्रीलंकाबीच यसअघिका भिडन्तमा पनि नेपाल बलियो देखिएको थियो ।
सन् १९९४ देखि श्रीलंकासँग अन्तर्राष्ट्रिय फुटबल खेल्दै आएको नेपाल र श्रीलंकाबीच हालसम्म १६ वटा भिडन्त भएका थिए। नेपालले पाँच जित, आठबराबर र तीन हारको नजिता निकालेको थियो ।
नेपालले समूहगत चरणको अन्तिम खेलमा आयोजक बंगलादेशविरुद्ध शुक्रबार खेल्नेछ । समूह ‘ए’ मा आयोजक बंगलादेश तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ ।
बंगलादेशले आफ्नो पहिलो खेलमा श्रीलंकालाई ४–२ गोलले हराएको थियो । यसैगरी समूह ‘बी’ बाट बहराइन, माल्दिभ्स, कम्बोडिया र आयोजक बंगलादेशको ओलम्पिक टोलीले प्रतिस्पर्धा गरेका छन् ।
समूहको उत्कृष्ट दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नयाँ तालिकाअनुसार प्रतियोगिताको सेमिफाइनल खेल जनवरी १८ र १९ तारिखमा हुनेछ । फाइनल खेल भने २२ तारिखमा खेलिनेछ ।


0 comments
Write Down Your Responses