अखिल चुनाबमा ओली पक्ष द्धारा माधब पक्ष माथि आक्रमण
काठमाण्डु, ५ फागुन– एमाले निकट विद्यार्थी भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको महाधिवेशनमा बुधबार पनि लफडा भएको छ ।
मंगलबारका लागि तय गरिएको मतदान प्रक्रिया संस्थापन केपी शर्मा ओली र नेता माधव कुमार नेपाल पक्षका कार्यकर्ताबीच विवाद भएपछि बुधबारका लागि सारिएको थियो ।
तर, बुधबार पनि नेपाल पक्षका विद्यार्थीमाथी संस्थापन पक्षका विद्यार्थीले आक्रमण गरेपछि विवाद झनै चर्किएको हो ।
महाधिवेशनमा अध्यक्षका लागि उम्मेदवारी दिएकी संस्थापन पक्षकी नविना लामाको प्यानलले आफूहरुको पक्षमा नलागेको भन्दै नेपाल पक्षका दिपक गौतमको प्यालनमाथि हातपात गरेका हुन् ।
संस्थापन पक्षले हातपात गरेपछि नेपाल पक्षका विष्णु पौडेलको मुखमा चोट लागेको र अहिले उनी अस्पतालमा भर्ना भएको स्रोतले बताएको छ ।


0 comments
Write Down Your Responses