यति कसैले आफूलाई पर्फेक्ट मान्छ भने त्यो केबल एक मूर्खता होः नायक भुवन केसी
धमलाको हमला हिमालयन टेलिभिजनबाट प्रसारण हुने साप्ताहिक प्रस्तुती हो । आजको यस प्रस्तुतीमा चर्चित नायक तथा भुवन केसीसँग कुराकानी गरिएको छ । सदाबहार नायक भुवन केसीको ड्रिम्सले ६ करोडको व्यापार गर्न सफल भएको छ।
राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै केसीले आफुले निर्माण गरेको चलचित्रलाई दर्शकले रुचाएका कारण ६ करोडको व्यापार गर्न सफल बनेको जानकारी दिए।
विभिन्न हलहरुमा प्रदर्शन भैरहेको ड्रिम्स अहिले पनि हाउस फुल छ। कार्यक्रममा केसीले नेपाल पछि अमेरिका, अष्ट्रेलियालगायतका देशमा पनि यो चलचित्रको प्रमियर शो गरिन लागेको जानकारी दिए।
केसीले आफ्नै छोरो अनमोल केसीलाई लिएर चलचित्र निर्माण गरेका हुन्। अनमोललाई नवनायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले साथ दिएकी छन्।

0 comments
Write Down Your Responses