होसियार : विदेशबाट ल्याएका मोबाइल बैशाख १ गतेदेखि ब्लक हुनसक्छ


बैशाख १ गतेदेखि अबैध रुपमा आयात गरिएका वा विदेशबाट ल्याइएका मोबाइल फोन नेपाल दूरसञ्चार प्राधिकरणले ब्लक गर्दैछ । यो कार्यान्वयन भएको अवस्थामा अब आईएमइआई नम्बर नभएका मोबाइल स्वत: ब्लक हुन्छ । 

प्रधिकरणले बढ्दो आपराधिक क्रियाकलाप नियन्त्रण, डिभाइस ट्र्याक तथा ब्लक गर्न, चोरी भएका मोबाइल पत्ता लगाउन, राष्ट्रिय सुरक्षा कायम गर्न, अबैध मोबाइल फोनको बजार निस्तेज पार्न र देशको राजश्व बढाउन यो काम गर्ने भएको हो । दुरसंचार प्राधिकरणले पहिलो ६ महिनाभित्र नेपालका अपरेटरको सिस्टममा इआईआर सेवा संचालन गर्दैछ । 

इआईआर सुविधाले कुनै पनि फोन नक्कली (फेक), क्लोन र नल (आईएमइआई नै नदेखाउने) मोबाइल फोनको पहिचान गर्छ । पहिलो चरणमा प्राधिकरणले नक्कली वा आईएमइआई नभएका मोबाइल प्रयोगकर्ताहरुलाई अपरेटर कम्पनीबाट त्यस्तो मोबाइल प्रयोग नगर्न सूचना स्वरुप म्यासेज पठाउनेछ । त्यस्तै अर्को ६ महिनापछि नक्कली आईएमइआई भएका मोबाइलमा नयाँ सक्कली आईएमइआई राख्ने काम गर्ने कार्यक्रम छ । त्यस चरणमा मोबाइल प्रयोगकर्ताले केही शुल्क तिरेर सक्कली आईएमइआई राख्न पाउनेछन् । आईएमइआई राख्न अटेर गर्नेको मोबाइल पूर्णरुपमा ब्लक हुनेछ । मोबाइल ब्लक हुनबाट कसरी जोगिने ? 

१. सकेसम्म आधिकारिक मोबाइल पसल/बिक्रेता वा स्वरुमबाट मात्र मोबाइलहरु खरिद गर्ने । 

२. मोबाइल खरिद गर्नुअघि आइएमइआई नम्बर छ छैन निश्चित गर्ने | आइएमइ नम्बर ब्याट्री पछाडी हेर्न सकिन्छ वा *#06# डाएल गरेर पनि थाहा पाउन सकिन्छ । 

३. तपाइँको मोबाइलको आइएमइआइ नम्बर सहि छ छैन http://www.imei.info/ मा गएर पनि चेक गर्न सक्नुहुन्छ ।

४. आफुले मोबाइल किनेको पसल तथा त्यसबारे जानकारी सुरक्षित राख्ने। 

५. पुराना मोबाइलहरु खरिद गर्दा बिशेष ध्यान दिने । जस्तै: किनेको बिल वा आइएमई नम्बर छ छैन जाँच गर्ने । 

६. विदेशबाट ल्याइएको मोबाइलहरु दुरसंचार प्राधिकरणको अनलाइन फर्म भरि दर्ता गराउने । (यो ब्यबस्था केहि समय पछी उपलब्ध हुनेछ) दर्ता गरेपछि तपाइले आफ्नो मोबाइल विना अवरोध चलाउन सक्नुहुन्छ ।यसका लागि प्राधिकरणले अनलाइन फारमको ब्यबस्था गर्नेछ । 

७. आइएमइआई नम्बर नभएका मोबाइलहरुमा निश्चित शुल्क तिरी आइएमई नम्बर राख्ने ।

८. यदी तपाइको मोबाइलमा प्राधिकरणले बैशाख १ गते पछि यो सम्बन्धि म्यासेज पठाए यथासिघ्र प्राधिकरणमा गइ आफ्नो समस्या समाधान गर्ने ।

, , ,

0 comments

Write Down Your Responses

Follow on Facebook