‘साइकल मन्त्री’को शान : २० हजारको सोलारबत्ति उद्घाटन गर्न ३ लाखको हेलिकप्टर चार्टर


सिरहा – कुनै बेला मन्त्रीको सुविधाबापत पाउने गाडी नचढेर आफ्नो सुरक्षाकर्मीलाई समेत साइकल चढ्न लगाउने वातावरण तथा जनसंख्या मन्त्री विश्वेन्द्र पासवानको निकै चर्चा र तारिफ भएको थियो । उनले आफू मात्र नभएर विभिन्न पार्टीका शीर्ष नेताहरुलाई साइकल उपहार दिँदै निकै चर्चा बटुले । तर, मंगलबार भने मन्त्री पासवान छुट्टै मुडमा देखिए । 

२० हजारको सोलारबत्ति उद्घाटन गर्न ३ लाखको हेलिकप्टर चार्टर गरेर सिरहा पुगे । व्यस्त तालिका हुँदा कुनै विशेष कार्यक्रममा सहभागी हुन लागि मन्त्रीले हेलिकप्टर प्रयोग गर्नुलाई अस्वभाविक मान्दैनन् । तर, मन्त्री पासवान भने कुनै विशेष काम नभएर २ थान सोलारबत्ति उद्घाटन गर्न हेलिकप्टर चार्टर गरेर गृह जिल्ला सिरहा आएर काठमाडौं फर्किएका छन् । मन्त्रालयको सहयोगमा आफना निजी कार्यकर्तासंग सिरहाको बेल्हा गाबिसको स्थानिय डिहबार मन्दिर र मदरसामा जडान गरिएका २० वाट क्षमताको सोलार बत्ति उद्घाटन गर्न मन्त्री पासवान राज्यको ढुकुटीबाट हेलिकप्टर चार्टर गरेर सिरहा आएका हुन् । 

२० वाट क्षमताको सोलारबत्तिको स्थानीय बजार भाउ दर १० हजार पर्छ । २ थानको २० हजार पर्ने सोलारबति उदघाटन गर्न ३ लाख खर्च गरेर ९एन आरएएल कलसाइन भएको हेलिकप्टर चार्टरबाट मन्त्री पासवान बेल्हा आएपछि हेलिकप्टर हेर्न सयौंको भीड थियो । यस विषयमा मन्त्री पासवानको प्रतिक्रिया माग्न खोज्दा उनको मोबाइल स्वीचअफ गरिएको थियो ।

, , ,

0 comments

Write Down Your Responses

Follow on Facebook