काठमाडौँ, १० वैशाख । भूकम्पको दु:खद बर्ष पुग्न लागेको छ । यसैको सम्झनामा विभिन्न संघसंस्थाले मृतका परिवारको आफन्तको शान्ति र मृतक आत्मको चिरशान्तिको कामना गर्दै दियोवत्ती बाल्नेक्रम सुरु भईसकेको छ ।
गत बैसाख १२ गते भूकम्प जादा सुनधारास्थित धरहराको टुप्पोमा थिए, रामेछापका संजीव श्रेष्ठ र रमिला श्रेष्ठ । यस बर्ष बैसाख १२ गते आइतवार परेको छ । तर, अघिल्लो बर्ष शनिवार परेको थियो । ठिक बर्ष दिनपछि त्यो जोडी फेरि धरहरा नियाल्न त्यही ठाउँ पुगेका छन् ।
झट्ट सुन्दा उनीहरुको कथा काल्पनिक वा भनौ अकल्पनिय छ । धरहरा टुक्राटुक्रा बन्यो तर उनीहरु फिल्मका हिरोहिरोइन जस्तै धरहरासंगै खस्दैखस्दै सडकमा पुगे । उनीहरुलाई धरहराले किच्न पाएन, बरु उनीहरुले धरहरालाई किच्दैकिच्दै तल पुगे । संजीब वेहोस भए, उनको हातमा हल्का घाउ भयो । तर रमिलाको खुट्टामा चोट लाग्यो । संजीवको घाउ त निको भयो तर रमिलाको अझै उपाचार भईरहेको छ ।
तीनवर्ष अघिदेखि प्रेममा रहेका संजीव र रमिलाले विवाह त गरेका छैनन् । तर, प्रेम सम्वन्ध उस्तै छ । उनीहरुको लागि त्यो दिन पहिलो नै अन्तिम भयो, धरहरा चढ्नुको अनुभब ।
एसएलसी समेत दिन पाइनन् रमिलाले भूकम्पका कारण । शनिवारको बिहान, सयौं मान्छेको चहलपहल त्यहाँ थियो । भीडबीचै उनीहरु पनि चढे धरहरा । त्यसबेला उनीहरुको अनुहारमा छाएको खुसी र रमाइलो वर्णन गरिसाध्य थिएन । तर एकै छिनमा त्यो खुशी मात्र विघटन भएन धरहराकै अस्तित्व समेत सदाका लागि विघटित भयो । कुन भाग्य र धर्मले उनीहरुको जीवनको अस्तित्व भने सकुशल अवतरित भयो ।
हेर्दा हेर्दै नौ तल्ले धरहरा जोडले हल्लिन थाल्यो र गल्र्याम गुर्लुम ढल्यो । धरहरासँगै दर्जनौ जीवन पनि ढले । त्यहाँं कोही जिवित होला भन्ने अनुमान गर्न सकिने अवस्था थिएन । धरहरासँंगै सडकमा ढल्दा पनि जीवन सडकमा उभिनु ठूलो आश्चर्य र आनन्दको विषय थियो ।
आज उनीहरुलाई आफू जस्तै धरहरा पनि ठडिएको हेर्न मन छ ।
हेर्दा हेर्दै नौ तल्ले धरहरा जोडले हल्लिन थाल्यो र गर्ल्याम गुर्लुम ढल्यो । धरहरासँगै दर्जनौ जीवन पनि ढले । त्यहाँं कोही जिवित होला भन्ने अनुमान गर्न सकिने अवस्था थिएन । धरहरासँंगै सडकमा ढल्दा पनि जीवन सडकमा उभिनु ठूलो आश्चर्य र आनन्दको विषय थियो । आज उनीहरुलाई आफू जस्तै धरहरा पनि ठडिएको हेर्न मन छ ।
विनाशकारी भुकम्पमा धरहराको टुप्पोबाट धरहरासँगै लडेर जीवन आर्जेका थिए–सञ्जीव र रमिला । सञ्जीव भन्छन्, हाम्रो कुरा धेरै ठाउँ आइसक्यो । कतिपयले अझै विश्वास गर्नुहुन्न । हामीलाई पनि विश्वास लाग्दैन । घटनाको समय सपना हो कि विपना हामीलाई पनि छुट्याउन कठिन छ । ’ उनी सम्झन्छन्, भुकम्पको अनुभव नहुँदै हामी धरहराको टुप्पोबाट तल खसिसकेका थियौँ । त्यसवेला मैले अरु केही सोच्न र देख्न सकिन । म बेहोस भएँछु । होस आउँदा वीर अस्पतालाको प्रांगणमा पाएँ । हामीले एक अर्कालाई अस्पतालमै देख्यौँ । दुवै जना नजिक–नजिकको वेडमा थियौं । ’
उनीहरुवीच पुरानो चिनजान भए पनि कसिलो नाता भने नयाँं नै थियो । दुवैको घर रामेछाप हो । रमिलाको घर सालु र सञ्जीवको घर भीरपानी भन्ने स्थानमा हो । करिब चार पाँच घण्टाको यात्रा गर्दा भेट्न सकिने दुरी हो त्यो ।
सञ्जीवले आफूहरुवीचको नाता खोतल्दै भने–०६९ साल मंसिरकोे कुरा हो, मेरो दाइ नाता पर्नेको उनकी दिदी, ठुलो बुबाको छोरीसँग विहे भयो । हाम्रो पहिलो भेट त्यहीँ क्रममा भएको हो । नाताले उनी मेरी साली पर्छिन् । त्यतिबेला देखि नै हामी साथी भयौँ । निकटको सम्बन्ध हुँदै आयो । म काठमाडौंमा बस्दै काम गर्थेँ । विभिन्न कारणले आफ्नो पढाई अगाडि बढाउन सकेको थिइनँ ।
- See more at: http://dainikpost.com/%E0%A4%A7%E0%A4%B0%E0%A4%B9%E0%A4%B0%E0%A4%BE%E0%A4%95%E0%A5%8B-%E0%A4%9F%E0%A5%81%E0%A4%AA%E0%A5%8D%E0%A4%AA%E0%A5%8B%E0%A4%AC%E0%A4%BE%E0%A4%9F-%E0%A4%96%E0%A4%B8%E0%A5%87%E0%A4%95%E0%A4%BE/#sthash.RMa4kTPK.dpuf
उनी काठमाडौं आएका बेला हामी भेट्ने गथ्र्यौं । त्यसदिन पनि हामी भेटेर धरहरा चढेका थियौँ । भाग्यले भनौँ कि खै केले हो । कालले हामीलाई लगेन । ’
उनीहरु अहिले धरहराबाट खसेर बाँचेका जोडीको रुपमा परिचित छन् । उनीहरुवीच अहिले पनि उस्तै नाता र आत्मीयता छ । उनी भन्छन् ‘कतिपयले विहेको बारेमा पनि सोध्नुहुन्छ । त्यसबारेमा अहिले केही सोचेका छैनौँ । अहिले विहे गर्ने स्थिति पनि छैन । मेरो हात भाँचिएर निको भएको हो । उनको खुट्टाको अहिले पनि उपचार भइरहेको छ । फेरी हामी परिपक्व पनि भएका छैनौँ ।’ उनले यसवर्ष एसएलसी दिनुपर्ने हो तर चोटकै कारण जाँच दिन सकिनन् । मैले भुकम्प जानुभन्दा पहिला रेस्टुरेन्टमा काम गर्थेँ तर त्यसपछि गर्न सकिनँ ।’
आउँदा दिनमा सँगै मिलेर केही राम्रो काम गर्ने र आफ्नो पढाइलाई निरन्तरता दिने योजना बनाएका छन् उनीहरुले । उनले त्यही धरहरामा परेका अन्यको जीवन स्मरण गर्दै भन्छन, त्यो घटनामा धेरैले ज्यान गुमाउनु भएको छ । अंगभंग भएको पनि देखेको छु । हामी त बाँचियो । त्यसैले जिवनमा केही गर्न सकिन्छ र गर्नुपर्छ भन्ने आशा जागेको छ । कहिलेकाहिँ सपनामा मैले भुकम्प गएकै देख्छु । यतिकै बस्दा पनि हल्लाएको जस्तो अनुभव हुन्छ ।’
भुकम्पको दिनपछि जीवनलाई खुसी पार्ने कुनै अवसर आएको छैन । त्यो दुखलाई अरु नयाँं दुखले टाल्दै आएका छन् । शरीरका घाउँं ओखतीले टाल्दै आएका छन् तर मनका घाउँं पुर्ने कुनै ओखती र अवसर पाएका छैनन् । भुकम्पको धक्काले जमिन हल्लाउन सकेको छैन,तर उनीहरुको मनमस्तिस्कमा भुकम्पका झ्टकाले धक्का दिइरहेका छन् । उनी भन्छन्, मानसिक रुपमा धेरै नै असर गरेको छ । पहिला हामी निरन्तर घुम्न जाने, रमाउने गथ्र्यौँ तर अहिले त्यो अवस्था छैन । धेरै समय अस्पताल बस्नु पर्यो । बसाई पनि टाढा टाढा भएको हुनाले धेरै भेट्ने मौका पनि मिल्दैन ।
घट्नाको एक वर्षपछि धरहराको छेउमा भेटिएका सञ्जीवले भने–एक वर्षपछि यही स्थानमा आउँदा मनमा एक प्रकारको खल्लो महशुस भएको छ । त्यसदिन हामी आउँदा यहाँ अर्कै खुसी, अर्कै रमाइलो वातावरण थियो । अरु दिन पनि म यही बाटो भएर हिँड्ने गर्थे,उनीसँगै आएर भित्र पसेको थिइनँ । यो जिर्ण धरहरा देख्दा कहिले पुनर्निर्माण होला भन्ने चिन्ता पनि मनमा लागिरहन्छ ।
उनको सुझाव छ– राजधानीको गहनाको रुपमा रहेको धरहरा अहिले देख्न सकिँदैन । त्यसरी देख्न नपाउँदा काठमाडौंको सौन्दर्य नै हराएको हो कि जस्तो लाग्छ । धरहरा ढलेर कतिले ज्यान गुमाए, कति घाइते भए । उनीहरुको सम्पुर्ण क्षति त कसैले पनि पुर्ति गर्न सक्दैन । तर सरकारले जति सक्दो छिटो जनताको घाउमा मलहम लगाउने र भत्किएका संरचना बनाउने तर्फ ध्यान दिनुपर्छ ।’
‘सुनेको छु, धरहरा बनाउन सरकारले सम्पुर्ण नेपाली जनतलाई आवहन गरेको छ । खाता पनि खोेलेको छ रे । मलाई पनि सहयोग गर्ने मन थियो तर आर्थिक अवस्था अलि कमजोर छ । आफैको उपचारमा धेरै खर्च भयो । आशा गरौँ छिट्टै नयाँ बलियो धरहरा बन्ने छ र हामी फेरी नयाँ धरहराबाट काठमाडौं हेर्न पाइनेछ ।’
धरहराको टुप्पोबाट खसेका जोडी भन्छन्- ‘हामी त ठिक भर्यौ तर

0 comments
Write Down Your Responses