मालिकसँग यौन आर्कषण र प्रेममा धोका भएपछि मेनिकाले सुसाइट नोटमा यस्तो लेखेर गरिन् आत्महत्या

कैलाली, वैशाख १० । कैलालीको उदासीपुर–९ पूर्व टेढीकी मेनिका चौधरी काण्ड यतिबेला चर्चामा छ । जहाँ उनले काम गर्दै आएको मोवाइल पसलका मालीकले २५ वर्षे युवतीलाई विहे गर्ने आश्वासन दिँदै पटक पटक बलात्कार गरेर गर्भ फाले पनि विहे नहुने पक्का भएपछि उनले केही दिन आत्म हत्या गरिन् । मालिककै पसलको पंखामा झुण्डीएर आत्महतया गरेकी मेनिकाको सबै प्रमाण सिसि टिभी फुटेजमा सुरक्षीत रहेको प्रहरीले जनाएको छ । प्रहरीले फेला पारेको मेनिकाले लेखेको सुसाइट नोटमा उनले आफ्ना दाजुलाई सम्बोधन गर्दै भनेकी छिन् ‘म मर्नुको प्रमाण घरको कुनामा प्लाष्टिकको झिल्लीमा राखिएको, मालिक सिद्धीकीसँग यौन सम्बन्ध भएको, गर्भ बसेको र गर्भ पतन गराइएको मिति सहित धर्म परितर्वन गराउनेसम्मको सबै प्रमाण र सिद्धकीका नाममा ६ वटा हस्तलिखित ‘प्रेम पत्र’ घरमा छाडेको उल्लेख छ । उनका अनुसार युवतीको पेटमा बसेको गर्भ औषधि प्रयोग गरेर दुई पटक तुहाइएको सुसाईट नोटमा उल्लेख गरेको भेटिएको छ । मृतकका आफन्तले आत्महत्या सम्बन्धमा छानबिनका लागि उजुरी दिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । सोही प्रमाणको आधारमा जबरजस्ती गर्भपतन गराइएको देखिएपछि प्रहरीले सिद्धकीलाई पक्राउ गरेर अनुसन्धान थालेको हो । म्याद थप गरेर अभियुक्तलाई थुनामा राखेको जनाउँदै १२ हप्ता भन्दा बढी अवधिको गर्भपतन गराईएको पुष्टि भएमा अभियुक्तलाई एक वर्षको जेल सजाय हुने सेती अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक विनोद शर्मा घिमिरेले जानकारी दिए । मेनिका आत्महत्या प्रकरणमा प्रलोभन देखाएर यौन शोषण, धर्म परिवर्तन गराउने जस्ता घटना आपराधिक भए पनि पीडितले आत्महत्या गरेकाले अभियुक्तलाई त्यस अपराधमा कारबाही गर्न नसकिने डीआइजी भट्टले बताए।

0 comments

Write Down Your Responses

Follow on Facebook