शेट्टीको पार्टीमा रणविरले यस्तो गर्दा साथीहरुकै अघि रोइन् कट्रिना

मुम्बई । बलिउडकी चर्चित नायिका कट्रिना कैफ र नायक रणविर कपूरबीच ब्रेकअप भएको केही महिना बितिसकेको छ । यसबीचमा यी दुई यति धेरै टाढा पुगिसकेका छन् कि सायदै अब नजिकिएलान् । यसैक्रममा हालै भएको एक घटना सार्वजनिक भएको छ । रणविरको व्यवहारले कट्रिनालाई रुवाएको खबर भारतीय मिडियाहरुमा छ । यसै साताको सुरुमा रणविर र कट्रिना दुवै आरती शेट्टीको बर्थ डे पार्टीमा सहभागी भएका थिए । टाइम्स अफ इण्डियाको रिपोर्टअनुसार यस पार्टीमा कट्रिनाले रणविरसँग कुराकानी गर्न प्रयास गरेकी थिइन् । तर रणविरले कुनै रेस्पोन्स नै दिएनन् । कट्रिनाले कुराकानी गरेर आफूहरुबीचको मतभेद् सुल्झाउन प्रयास गरेपनि रणविरले कुनै वास्ता गरेनन् । अझ नराम्रो व्यवहार पनि देखाए । साथीहरुको अघि रणविरको यस्तो व्यवहारले कट्रिना निकै टुटिन्, अनि उनको आँखामा आँसु नै आयो । यसका साथै करीना कपूरलाई सैफ अली खानले दिएको पार्टीमा पनि रणविर र कट्रिना दुवै उपस्थित थिए । त्यहाँ पनि कट्रिनाले कुराकानी गर्ने प्रयास गरिन् तर, रणविरले वास्तासमेत गरेनन् । यहाँसम्म कि अहिले त रणविरले कट्रिनासँग संवादका लागि जे जति माध्यम थिए ति सबैलाई खतम पारिसकेका छन् । यिनीहरुबीच प्याचअपको सम्भावना पूर्णरुपमा टरिसकेको बलिउडमा चर्चा छ ।

0 comments

Write Down Your Responses

Follow on Facebook