डान्स, दोहोरी, क्याबिन, मसाज सबैमा यौनधन्दा

काठमाण्डौ । रक्षा थापाले सन् २००८ मा क्यानाडेली सरकारसँग मिलेर मनोरञ्जनको क्षेत्रमा काम गर्ने २५ सय महिलामा गरेको एक अध्ययनमा ३९ प्रतिशत बालिका यसमा संलग्न रहेको पाइयो। नाबालकलाई ललाई फकाई र जबरजस्ती यौनधन्दामा लगाउनु अपराध हो। यस्तो अपराधमा संलग्न हुने समाजका प्रतिष्ठित र पहुँचवाला व्यक्तिलाई राजनीतिक संरक्षण मिलिरहेकाले समस्या ज्यूँका त्यूँ रहेको अध्यक्ष थापाको भनाइ छ। संस्थाका अनुसार हाल देशभरि दुई लाखको हाराहारीमा बाध्यात्मक देहव्यापारमा संलग्न हुने महिला छन्। यी महिला सामाजिक असुरक्षाका कारण संगठित भएर अगाडि आउन पनि नसक्ने र कानुनले पनि उनीहरूलाई नै दोषी मानेर पक्रने र बेइज्जत गर्ने भएकाले यस्ता वर्गका लागि राज्यले नै एउटा पुनस्र्थापनाको प्याकेज ल्याउनुपर्ने थापाको सुझाव छ। सानै उमेरमा विवाह भएर पतिले छाडेका बालिकाले पनि आफ्नो दैनिक गुजारा चलाउन यो पेसा रोज्ने गरेको पाइन्छ। क्याप नेपालले यौनकर्मी महिलाको परामर्शका लागि ठाउँठाउँमा सञ्चालन गर्ने क्याम्पमा उनीहरू यस्तै समस्याले यौनधन्दामा लागेको अनुभव सुनाउँछन्। परामर्शका क्रममा डान्स, दोहोरी, क्याबिन, मसाजलगायतका क्षेत्रमा काम गर्नेमध्ये प्रायस् सबै नै यौनधन्दामा लाग्ने गरेको आफूहरूले पाएको क्याप सेल्टरकी पुनर्एकीकरण अधिकृत शारदा पुरी बताउँछिन्। उनका अनुसार संस्थाको सेल्टरमा आउनेमध्ये ७५ प्रतिशत १८ वर्षमुनिका बालिका र अन्यले २० देखि २३ वर्षको उमेर बताए पनि हेर्दा १८ वर्षमुनिकै देखिने गर्छन्। क्याप सेल्टरमा हाल १५ जना यस्ता महिलाले व्यावसायिक तालिम र औपचारिक शिक्षा लिइरहेका छन्। ४८ जनालाई विभिन्न तालिम दिएर समाजमा पुनएकीकरण गराइसकेको छ। कानुनको दायरामा ल्याएर व्यवस्थित गरौँ नीति अर्याल खनाल, समाजशास्त्री गरिबी, समाजमा महिलाको यौनिकतालाई हेर्ने दृष्टिकोण र बढ्दो सहरीकरणले गर्दा पनि हिजोआज यौनधन्दा फस्टाइरहेको छ। पैसा कमाउन सबैभन्दा सजिलो उपाय नै यौनधन्दा भएकाले पहिले ललाई फकाई यस पेसामा लाग्ने बालिकामध्ये पनि कतिपय त स्वेच्छाले यसमा संलग्न हुने गरेका छन्। यौन व्यवसायमा लाग्ने महिलाको कामलाई उनको प्रतिष्ठासँग जोडेर हेरिने भएकाले यस्ता महिलालाई सम्मानपूर्वक जीवन बिताउन गाह्रो पर्छ। प्रहरी र ग्राहकबाट पनि सम्झौताअनुसारको व्यवहार हुँदैन। सामूहिक यौनकर्ममा लगाउने र पैसा नदिनेजस्ता कारणले उनीहरूले हिंसा भोग्नु परिरहेको छ। अधिकांशले आफ्नो स्कुल र कलेज जीवनमै यौन सम्पर्कको अनुभव लिइसकेका हुन्छन्। तीमध्ये अधिकांशले आफ्नो जीवनसाथीभन्दा पनि यौनकर्मीबाट नै पहिलो यौन अनुभव बटुल्ने भएकाले यौनव्यवसाय दिनप्रतिदिन फस्टाउँदै गएको छ। त्यसैले यौनव्यवसाय अँगाल्नुपर्ने महिलाको बाध्यतामात्रै हेरेर पुग्दैन, पुरुषको यौन आकांक्षा पूरा गर्न यो व्यवसाय फस्टाइरहेको भन्ने पनि बुझ्नु जरुरी छ। ती उपभोक्ता को हुन्, कहाँबाट आउँछन् र किन आउँछन् रु केलाएर हेर्नु जरुरी छ। जबसम्म ग्राहक उपलब्ध हुन्छन्, तबसम्म यो व्यवसाय फस्टाइरहन्छ। त्यसैले विश्वकै पुरानो व्यवसायका रूपमा रहेको यौन व्यवसायलाई पूर्ण रूपमा रोक्न सम्भव नहुने भए पनि यसलाई कानुनको दायरामा ल्याएर व्यवस्थित रूपमा सञ्चालन गर्नु आजको आवश्यकता हो। पाठक बर्गको लागि यो सामाग्री अन्नपुर्ण पोष्टबाट साभार गरिएको हो ।

0 comments

Write Down Your Responses

Follow on Facebook