खोटाङ बस दुर्घटना : २७ जना घाइते पहिचान
बस दुर्घटनामा घाईते भएका ३० जनामध्ये २७ जनाको परिचय खुलेको छ । गम्भीर घाइते हुनेहरुमा खोटाङ च्यास्मिटार–८ की सर्मिला राई र रामकुमार राई, बास्पानी –२ की रेश्मा राई, रतन्छा–७ बस्ने नीनम राई र प्रशान्त राई छन् ।
यसैगरी, दिक्तेल नगरपालिका–२ सजिना बर्देवा, खोटाङबजार–२ पाथेका मिलन राई, बास्पानीका जक्सन राई, दिक्तेल नगरपालिका–११ लफ्याङकाकि देवका कट्वाल, दिक्तेल खाल्ले–१३ का मनोज बस्नेत, खार्मी– ५ का खड्गबहादुर राई, दुर्छिमका प्रेमकुमार राई र डिकुवा–६ का शुक्र राई छन् ।
यस्तै, उदयपुर– ५ ताम्लीछाका ढकबहादुर राई, डाँडागाँउ –१ का अमरबहादुर मगर, ताम्लीछा–५ का खेमराज राई, बास्बोटे–३ का तीलकसेर राई गम्भीर घाइते भएका छन् ।
यसैगरी, धनुषाका रघुनाथ शाह, मोरङका सविन खनाल र पाँचथरका नरेन्द्र अधिकारीको पहिचान भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनायो । घाइते भएकामध्ये तीन जनाको पहिचान अझै हुन नसकेको प्रहरीले जनाएको छ । उनीहरुको काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचार भइरहेको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
यस्तै, सामान्य घाइते भएका अन्य ८ जनाको प्राथामिक स्वास्थ्य चौकी हलेसीमा उपचार भइरहेको छ । उदयपुर बास्वोटे–बिष्णु राई र सन्देश राई, बलम्ता–६ का तिलक राई, ताम्लिछाक सुनील राई, दुर्छिम–९ खोटाङका बिनोद राई, बास्बोटेका राजकुमार राई र देवेन्द्र राई र सहचालक ओखलढुङगाका तेन्जिङ शेर्पाको प्राथमिक स्वास्थ्य चौकी हलेसीमै उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले बतायो ।
यस्तै, मृतक दिप्सुङका–१ गोबिन्द तिमल्सेना र सोलुखुम्बुकी सुस्मा राईको पनि सनाखत भएको छ भने ७ जना मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनायो ।
मंगलबार विहान दिक्तेलबाट काठमाडौंका लागि छुटेको बा २ ख ६३७६ नम्बरको यात्रु बस महादेवस्थान–१ को काभ्रेभीरमा दुर्घटनग्रस्ता भएको थियो । सडक निर्माणको क्रममा रहेकाले कुनामा ढुँगा थुपारिएको र छेउबाट बस लैजाने प्रयास गर्दा सडक भास्सिएर दुर्घटना भएको हो । बसमा ५५ जना यात्रु सवार थिए ।
बस दुर्घटनामा घाईते भएका ३० जनामध्ये २७ जनाको परिचय खुलेको छ । गम्भीर घाइते हुनेहरुमा खोटाङ च्यास्मिटार–८ की

0 comments
Write Down Your Responses