पोखराको रंगशालामा अचेत अबस्थामा भेटिएकी महिलाको मृत्यु

पोखराको रंगशालामा अचेत अबस्थामा भेटिएकी महिलाको मृत्यु भएको छ अचेत अबस्थामा भेटिएको जानकारी पाए लगत्तै खटिएको प्रहरी टोलीले उक्त महिलालाई पश्चिमान्चल हस्पिटलमा लगेकोमा अस्पतालले मणिपाल शिक्षण हस्पिटल रिफर गरेको थियो । चिकित्सकले चेक जाँचका क्रममा महिलाले बिषादी सेवन गरेको पुष्टी भएको छ । महिलाले किटनासक बिसादी सेवन गरेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ । मृतक स्याङ्जा माईत भएकी अन्दाजी २५ बर्षीया सरिता क्षेत्री रहेको कास्कीका डीएसपी गजुसिद्दी बज्राचार्यले बताए । उनका अनुसार घटनाको थप अनुसन्धान भईरहेको छ ।

0 comments

Write Down Your Responses

Follow on Facebook