शक्तिशाली अमेरिका १ घण्टामै डुब्यो, आपतकाल घोषणा

काठमाडौं, ७ वैशाख । अमेरिकामा मंगलबार भीषण वर्षापछि आएको तुफान र बाढीका कारण पाँच जनाको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार एक महिनामा लगातार पर्ने पानी एक घण्टामै वर्षीएपछि अमेरिकाको हस्टन र टेक्सास डुबानमा परेका छन् । डुबानपछि टेक्सास राज्यका गभर्नर ग्रेग अब्बोटले हस्टनमा आपतकाल घोषणा गरेका छन् । मौसमविदका अनुसार त्यहाँ सोमबार मात्रै ४४.७ सेमि पानी परेको थियो । छोटो समयमा अत्याधिक पानी परेपछि आएको बाढीका कारण हस्टनमा १२ सय जनाको उद्धार गरिएको छ । अमेरिकाको चौथो ठूलो शहरका ७० हजार बासिन्दा अहिले लोडसेडिङमा बस्न भएका छन् । यो वर्षा र बाढीलाई ऐतिहासिक भनिएको छ । हस्टनका सडक पानीमा डुबेका छन् र मानिसहरुको घरभित्र पानी पसेको छ । बाढीपछि बच्चा, महिला र बृद्धलाई उद्दार गर्ने काम भइरहेको छ उनीहरुलाई सुरक्षित ठाउँमा लगिदैछ । बाढीबाट स्कुल, यातायात, विमानस्थल सबै प्रभावित भएका छन् ।

0 comments

Write Down Your Responses

Follow on Facebook