प्रेम विवाह गरेकी छोरी फर्काउदा छोरीले गरिन माईतीमै आत्महत्या
मिडिया एनपी, जाजरकोट, ८ बैशाख । प्रेम विवाह गरेकी एक युवतीले जर्वजस्ती माईतीले फर्काएपछि आत्महत्या गरेकी छिन् । जाजरकोटको भानुभक्त उच्च माविमा कक्षा १२ मा अध्ययनरत २० वर्षीया सुस्मिता थापाले वैशाख ३ गते डाडागाउँका कालीबहादुर पुनसँग प्रेमविवाह गरेकी थिईन । उनलाई बैशाख ४ गते उनका माईतीले जवर्जस्ती फर्काएका थिए । उनले मंगलबार साँझ घरभित्रै झुन्डिएर आत्महत्या गरेकी हुन् । अभिभावकको इच्छाविपरीत विवाह गरेको भन्दै थापालाई विवाह गर्नबाट रोकिएको थियो ।

0 comments
Write Down Your Responses