वि.सं. २०७३ साल वैशाख ५ गते। आइतबार। इश्वी सन् २०१६ अप्रिल १७ तारिख। नेपाल संवत् ११३६ चौलाथ्व। चैत शुक्लपक्ष। तिथि– एकादशी, २७:१३ बजेउप्रान्त द्वादशी।
मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। चिताएका काम बिस्तारै भए पनि सम्पादन हुनेछन्। पढाइलेखाइमा सामान्य प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। सन्तान वा सहयोगीका माध्यमबाट काम बन्ने देखिन्छ। आफ्नो प्रतिभाको कदर हुनेछ। बौद्धिक प्रतिस्पर्धामा पनि अरूलाई उछिन्न सकिनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तानले प्रसन्नता दिलाउनेछन्
।
बृष - इ, उ, ए
, ओ, बा, बि, बु, बे, बो (Taurus) अरूको भर पर्दा धोका हुन सक्छ। परिस्थितिअनुसार चल्न नसक्ता दुःख पाइनेछ। मान्यजनसँग असमझदारी बढ्न सक्छ। हठ गर्ने बानीले समस्या निम्त्याउन सक्छ। अरूको सुझावमा भर नपर्नुहोला। महत्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नु नै बेस होला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। मातृधन, पशुधन र जमिनबाट लाभ हुन सक्छ। व्यवसायमा सामान्य फाइदा हुनेछ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) विभिन्न उपहार प्राप्त हुने समय छ। जटिल काम सम्पादन हुनाले पराक्रम र उत्साह बढ्नेछ। व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धीलाई उछिन्दै आम्दानी बढाउन सकिनेछ। सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। कृषिकर्म र व्यावसायिक काममा भने केही चुनौती आइलाग्न सक्छन्। तापनि मनग्य धन आर्जन गर्ने अवसर जुट्नेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुन सक्छ। पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोला। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट भने सामान्य लाभ उठाउन सकिनेछ। काममा स्थानान्तरण अथवा टाढाको यात्रा हुने सम्भावना छ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा त्यति लाभ नभए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। कामले धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्न सक्छ। भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ। तर, विभिन्न अवसर आए पनि प्रलोभन गर्दा अप्ठ्यारोमा परिने समय छ, सजग रहनुहोला।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ। गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ। सामाजिक काममा रुचि बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। धार्मिक अनुष्ठान र मंगलमय कृत्य सम्पादन हुन सक्छन्। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ। भाग्योन्नतिको समय छ। धेरैको भलाइ हुने काम शुभारम्भ गर्न सकिनेछ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) स्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराउन सक्छ। तापनि, प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) सोखले खर्चको मात्रा बढाउन सक्छ। पुरानो सम्झौता भंग हुने सम्भावना छ। धैर्यसाथ बुद्धिको उपयोग गर्दा बिस्तारै काम बन्नेछ। आम्दानी बढ्नेछ भने आतिथ्यपूर्ण सम्मान प्राप्त हुन सक्छ। प्रेमको बन्धन कसिने बेला छ। दाम्पत्य जीवन सुखद बन्नेछ। रमाइलो यात्राको अवसर प्राप्त भए पनि सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) काममा सफलता पाउन केही प्रतिस्पर्धा गर्नुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले चुनौती समेत सामना गर्नपर्ला। तापनि मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। व्यवसायमा आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। सम्झौता गर्नुपरे पनि अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
आजको राशिफल

0 comments
Write Down Your Responses