बंगलादेशमा हिन्दू दर्जीको काटेर हत्या

शनिवार दिउँसोको समयमा जब उनी आफ्नो दोकान बाहिर बसिरहेका थिए तब उनीमाथि धारिलो हतियारले हमला गरिएको थियो । हमलामा कति मानिस संलग्न थिए र घटना किन गराइयो भन्ने खुल्न सकेको छैन । पुलिसका अनुसार मारिएकाए टेलरलाई सन् २०१२ मा इस्लामविरुद्ध आपत्तिजनक कुरा गरेपछि हिरासतमा लिएर छाडिएको थियो । बंगलादेशमा केही महिनायता यस किसिमका कयौं हत्याका घटना भइसकेका छन् । यी घटनाको जिम्मेवारी इस्लामी चरमपन्थीहरुले लिइरहेका छन् । यसै महिना राजधानी ढाकामा समलैङ्गिकको पत्रिकाका एक वरिष्ठ सम्पादक जुलहास मन्नानको पनि धारिलो हातियारले काटेर हत्या गरिएको थियो । त्यसको दुई दिनअघि मात्रै राजशाही विश्वविद्यालयका प्राध्यापकको पनि हत्या गरिएको थियो ।

0 comments

Write Down Your Responses

Follow on Facebook