विवाह ठूलो कुरा हैन, टिक्नु ठूलो कुरा हो ? – करणलाई तिर चलाउँदै सलमान see more

३० अप्रिलमा विवाह बन्धनमा बाँधीएकी बिपासालाई शुभकामना दिने क्रम सकीएको छैन । यहि क्रममा उनलाई शुभकामना दिन पुगे अभिनेता सलमान खान । आफ्नो विवाहमा पुगेका सलमानलाई हग गर्दै बिपासा निकै खुसी भईन् । यस क्रममा मिडीयासँग कुराकानी गर्दै बिपासाले सलमानलाई आफ्नो हनीमुनमा लाने कुरा गरेर सबैलाई हँसाईन् । यति मात्रै नभएर आफ्नो चाहना सलमानलाई सधै अविवािहत नै हेर्न भएको पनि बताईन् । सलमानको विवाह कहिले त ? भन्ने प्रश्नको जवाफ मिडीयालाई दिदै बिपासाले भनिन् –” सलमान विवाह गरुन् भन्ने मेरो चाहना छैन । म सलमानकी साथी हुँ । र सलमान संसारभरका केटीहरुको लागी राम्रो हुनु पर्यो । उनी चाहन्छन् भने विवाह गर्छन् चाहन्न् भने विवाह गर्दैनन् । तर म उनी सधै खुसी हुन् यहि चाहन्छु ।” त्यस्तै बिपासा पछि सलमानले मिडीयासँग कुराकानी गर्दै भने “यो जोडी निकै राम्रो छ । म यो जोडी टिकेको हेर्न चाहन्छु । विवाह गर्नु ठुलो कुरा भएन ठूलो र महत्व पूर्ण कुरा जोडी टिक्नु ।” सलमानको यो कुरा पछि सबैले उनले करणलाई तिर हानेको अड्कल काटेका छन् । किनकी करणको यो भन्दा पहिले पनि दुईपटक विवाह भईसकेकको थियो । बिपासा सँग उनको तेस्रो विवाह हो ।

0 comments

Write Down Your Responses

Follow on Facebook