ऋषि धमला अब पत्रकार बन्न नपाउने !

काठमाडौँ- नेपाल पत्रकार महासंघले कम्तिमा उच्च माध्यमिक तह उतीर्ण गरेकाले मात्रै पत्रकारिता गर्न पाउने विनियमको प्रस्ताव गरेको छ । एसएलसी उतीर्ण भएकाहरु पनि पत्रकार बन्न पाउने विनियमलाई संशोधनको प्रस्ताव चितवनमा जारी महासंघको विशेष साधारणसभामा पेश भएको बताइएको छ । महासंघले यो नियम ल्याएसँग पत्रकारिता गर्न चाहने तथा पत्रकारिता गरिररहेका समेत पत्रकारिता गर्नबाट बञ्चित हुने भएको छ । महासंघको यो विनियमसँगै पत्रकार ऋषि धमला पनि पत्रकार बन्न नपाउने चर्चा सुरु भएको छ । चितवनामा जारी साधारणसभामा समेत धमलाको नामै किटेर कतिपय पार्षदहरुले धमलाको खिल्ली उडाएको स्रोतको दावी छ । ऋषि धमलाले गाउँमा हुँदा आठ कक्षा मात्रै पास गरेको बताइन्छ । नक्कली सर्टिफिकेट बनाई धाक लडाउँदै हिडेका आरोप समेत खेपेका धमला महासंघको विधान संशोधन भएमा पत्रकार हुनेबाट बञ्चित हुने सबैको अनुमान छ ।

0 comments

Write Down Your Responses

Follow on Facebook