इटहरी । सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई राजस्व तिर्न अटेर गरेको भन्दै इटहरीका जागरुप युवाहरुले आज आफुले प्रयोग गरेका एनसेलको सीम फिर्ता गरेका छन् ।
इटहरीको मुख्य चौकमा भेला भएर एनसेल पे योर ट्याक्स, नो ट्याक्स नो एनसेल लगाएतका नारा लेखिएको प्ले कार्ड बोकेका युवाहरुले सेन्टरमा पुगेर कम्पनीका अधिकारीहरुलाई सीम फिर्ता गरेका हुन् ।
उक्त अभियानमा सहभागी भएका प्रा.डा. टंक प्रसाद न्यौपानेले जिम्मेवार निकायले राजस्व नतिर्नु लज्जास्पद भएको बताए । राज्यका नागरीकले कुनै न कुनै तरिकाले राज्यलाई कर तिरेको भन्दै अर्वै नाफामा गएको विदेशी कम्पनीले राज्यलाई कर नदिनु र राज्य सँचालनमा रहेका जिम्मेवार व्यक्तिले कम्पनीलाई करको दायरामा ल्याउन नसक्नु विडम्वना रहेको बताए ।
त्यस्तै अभियानमा सहभागी अर्र्का अभियानकर्मी हिरा आचार्यले एनसेलको सेवा राम्रो रहेको भए पनि राज्य प्रतिको दायित्वबाट भाग्न खोज्नु नियमसँगत नभएको बताए ।
उनिहरुले आफ्नो अभियानलाई जारी राख्ने भन्दै एनसेलले राज्यलाई कर नतिरे सम्म आफ्नो दवावमुलक कार्यक्रम नरोकिने बताएका छन् ।
इटहरीमा प्रयोगकर्ताद्धारा एनसेलको सीम फिर्ता..

0 comments
Write Down Your Responses