२२ चैत, रसुवा । कतै डोजर चलिरहेको छ, ठाउँ-ठाउँमा सेना र अन्य कामदारको टोली मेसिनले पहरा खोपिरहेका छन् भने कतै सेनाकै टोली विस्फोट गरेर चट्टान फुटाइरहेका छन् । दृश्य निर्माणाधीन रसुवास्थित स्याप्रुवेशी मैलुङ सडकखण्डको हो । उत्तरी छिमेक चीनसँग जोड्ने यो सडकको चार किलोमिटर निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ । चीनसँग व्यापारिक कारोबार बढाउन पुरानो सडकखण्ड कमजोर भएपछि सरकारले नयाँ सडक बनाउने योजना ल्याएको थियो । करिब ११ महिनादेखि सुरु भएको स्याफ्रुवेशी-मैलुङ सडक निर्माणको काम निकै तीव्र कतिमा चलिरहेको छ । रसुवा, धुन्चे हुँदै जाने सडकखण्ड पहिरोका कारण जोखिममा परेपछि चीनसँग स्थायी रुपमा उत्तरी नाकाबाट व्यापारिक कारोबार गर्न सरकारले
नयाँ सडक निर्माण सुरु गरेको हो । कति काम सकियो ? सेनाले खनिरहेको ४ किलोमिटरमध्ये दोहोरो लेनको १.१ किलोमिटर खण्ड पूरा भइसकेको छ भने १.२ किलोमिटर एक लेनको बाटो पनि बनिसकेको छ । सडक निर्माणको जिम्मेवारी सम्हालेर बसेका मेजर सञ्जय केसीका अनुसार सेनाले जिम्मेवारी पाएको चार किलोमिटर सडक करिब ७ महिनामा सम्पन्न हुने छ । त्यसो त स्याफ्रुवेशीबाट मैलुङसम्म करिब १६ किलोमिटर सडक बनाउनुपर्ने छ । जसमा अहिले सेनाले ४ किलोमिटर सडक निर्माणको काम गरिरहेको छ भने बाँकी १२ किलोमिटर पनि उसैलाई दिने सरकारको तयारी छ । सेनाले निर्माण गरिरहेको ४ किलोमिटर सडकका लागि २३ करोड खर्च हुनेछ । चट्टान फुटाएर बनिरहेको सडकमा प्रतिकिलो मिटर पाँच करोड ४८ लाख रुपैयाँ खर्च भइरहेको छ । सरकारले हालसम्म दुईपटक गरेर करिब १० करोड रुपैयाँ दिइसकेको छ । कसरी भइरहेको छ काम ? उत्तरी छिमेकी चीनको नाका केरुङसँग जोड्ने महत्त्वपूर्ण नाका मानिएको स्याफ्रुवेशी-मैलुङ सडकखण्डमा अहिले करिब २ सयजनाले काम गरिरहेको मेजर सञ्जय केसीले जानकारी दिए । सय जना नेपाली सेना र अरु थप सय जना बाहिरका कामदार ल्याइएको छ । सेनाले २ वटा एक्साभेटर प्रयोग गरेको छ भने आवश्यक अन्य उपकरण पनि प्रयोग गरिरहेको छ । चट्टानका कारण केही कठिन देखिएको सडक निर्माणको काममा ती चट्टान फुटाउन सेनाले विस्फोटक पदार्थ प्रयोग गरिरहेको छ । सडक निर्माणस्थल लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्दछ, जसले गर्दा विस्फोटक पदार्थ प्रयोग गर्न त्यति सहज नभएको सेनाको गुनासो छ । ‘राष्ट्रिय निकुञ्ज भएकाले विस्फोट गर्न पाइँदैन तर सम्बन्धित निकायसँग समन्वय गरेर काम गरिरहेका छौं,’ मेजर केसीले भने । निकै तीव्र गतिमा चलिरहेको काममा नाकाबन्दीले सिर्जना गरेको इन्धन अभावका कारण भने केही असर गरेको थियो । २ वर्षमा केरुङ-काठमाडौं यात्रा सहज बन्छः सेना सेनाले अहिले खनिरहेको ४ किलोमिटर सडक चीनको केरुङसँग जोड्ने सडकको एउटा पाटो हो । स्याफ्रुवेशीदेखि मैलुङसम्मको १६ किलोमिटरमध्ये ४ किलो मिटर मात्रै सेनाले बनाइरहेको हो । स्याफ्रुवेशीदेखि माथि अर्थात् केरुङसम्मको सडक एक लेनको मात्रै छ । त्यसलाई चीन सरकारले नै दुई लेनको बनाइदिने घोषणा गरिसकेको छ । तर, स्याफ्रुवेशीदेखि मैलुङसम्मको थप १२ किलो मिटर नयाँसडक बनाउने, मैलुङदेखि बेत्रावती हुँदै गल्छीसम्मको बाटोलाई दुई लेनको बनाउने काम नेपालले गर्नुपर्नेछ । त्यसका लागि करिब २ वर्ष लाग्ने नेपाली सेनाको अनुमान छ । सेनाको बुझाइमा यदि अहिलेको गतिमा काम हुने हो भने करिब २ वर्षमा केरुङदेखि काठमाडौंसम्मको व्यापारिक यात्रा सहज बनाउन सकिनेछ । चीनसँगको पारवहन सम्झौता र केरुङ नाका नेपालले केही दिनअघि मात्रै चीनसँग पारवहन सम्झैता गरेको छ । तर, चीनसँग नेपाल जोड्ने सडकको स्तर गतिलो नहुँदा सम्झौता तत्काल कार्यान्वयन हुनेमा भने धेरैले विश्वास गर्न सकिरहेका छैनन् । भूकम्पपछि तानोपानी नाका पूर्णरुपमा ठप्प भएपछि नेपाल र चीनबीचको व्यापारिक सम्बन्धमा कुनै ठूलो असर परेको छ । त्यसको गतिलो विकल्पको रुपमा चर्चामा रहेको उत्तरीनाका केरुङसँग जोड्ने सडक पनि कमजोर हुँदा पारवहन सम्झौता कार्यान्वयन
चट्टान फुटाएर चीनसँग जोडिँदै नेपाल

0 comments
Write Down Your Responses