नेपाल-भारत सीमामा तारबार लगाउन भारतीय नेताको माग

वैशाख २९, काठमाडौं । भारतको सत्तारुढ दल बीजेपीका सांसद निशिकान्त दुवेले नेपालमा पाकिस्तान र बंगलादेशको सीमामा जस्तै तारबार लगाउन माग गरेका छन् । बुधबार तल्लो सदन लोकसभाको शुन्य समयमा बोल्दै भारतीय जनता पार्टीका सांसद दुवेले चीनको समर्थन लिएर नेपालले भारतलाई धम्क्याएको आरोप लगाए । नेपालले हालै मात्र भारतका लागि आफ्ना राजदूतलाई फिर्ता बोलाएको भन्दै उनले नेपालका लागि भारतीय राजदूतलाई फिर्ता पठाउने षड्यन्त्र भइरहेको बताए । उनले भने, ‘आफैंमा कमजोर हुँदा हुँदै पनि चीनको समर्थनमा भारतलाई धम्क्याइरहेको छ ।’ उनले जवाहर लाल नेहरु, इन्दिरा गान्धी र राजिव गान्धीले लिएको नेपालप्रतिको नीतिकै कारण अहिले समस्या आएको आरोप लगाए । उनको नेपाल बिरुद्धको अभिव्यक्तिसंगै भारतीय कांग्रेसका सांसद ज्योतिरआदित्य सिंधियाले आफ्नो छिमेकी देशविरुद्ध त्यसरी बोल्न नहुने भन्दै विरोध गरेका थिए ।

0 comments

Write Down Your Responses

Follow on Facebook