संसदमा प्रधानमन्त्रीको सम्बोधन सुरु, सरकार परिवर्तनबारे यसरी वेदना पोखे (हेर्नुस् लाइभ भिडियो)
काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्थापिका संसदको बैठकलाई सम्बोधन गर्न सुरु गरेका छन् ।
तीन बजे सम्बोधन गर्ने भनिएपनि प्रधानमन्त्री ओलीले चार बजेपछि मात्रै सम्बोधन सुरु गरेका हुन् ।
संसद भवनमा रहेका पत्रकार दीपक धितालका अनुसार सम्बोधनको सुरुआतमा प्रधानमन्त्री ओलीले सरकार परिवर्तनबारे बोल्दै भने- ‘संसद भंग गर्ने सोचमा म छैन, संसदीय अभ्यास अनुसार अघि बढ्छु । संसदले मलाई पीएम बनायो, संसदले हटाउँछ भने हट्छु ।’
संसद विघटनको हल्लामा कुनै सत्यता नभएको भन्दै प्रधानमन्त्री ओलीले संसदबाट चुनिएको प्रधानमन्त्रीले लोकतान्त्रिक अभ्यासविरुद्ध नउभिने स्पष्ट पारे ।

0 comments
Write Down Your Responses