विजय थापा
वाशिंगटन डिसी । अमेरिका अचम्मको देश । सार्हो राम्रो देश । मानिस मख्ख छन । सर्वस्व बेचेर भए पनि अमेरिका आउन सबै उत्सुक छन् । तर पुर्पुरोमा लेखेका मात्रा अमेरिका आउछन । सपरिवार अमेरिका सराई बसाइ गर्न अनेकौ उपायबाट नेपालीहरु पस्न थालेका छन् ।
सपनाको संसार सबै नेपाली आए पनि अमेरिकामा अट्ने ठाउँ सुरक्षित छ । यस्तो दिन पनि आउला कि भन्ने पनि छ । ईश्वरले हाम्रो आवाज सुनी दिउन । अमेरिका आए पछि मानिसलाई ओत चाहिन्छ । अस्थाई रुपमा आफन्त ,ईष्ट मित्र ,साथीभाई ,शुभ चिन्तक तथा परिवारले बासको व्यवस्था गरि देलान । तर सधै भरि बुई चढेर हिड्न पाईदैन । अरु संग जुका टासिएको जस्तो गर्न पाइदैन । अमेरिकाको व्यस्त जीवनको कारण मानिसले आफ्नो व्यवस्था आफै गर्नु पर्छ । अमेरिका टेके पछि सबै भन्दा समस्या छाप्रोको हुन्छ । यो नभै कन सुकुम्बासी भै रहन सकिदैन । खुला आकाशमा जीवन चल्दैन । एउटा टहरो अपरिहार्य छ ।
अमेरिकामा नेपाली समुदाय ज्यादै हुन् थालेकोले अमेरिका पनि घर किन्न नेपालीलाई पनि सजिलो हुन् थालेको छ । सरल र दाउ पर्ने अवस्था आई सकेको छ । अधिकांशले नेपाल बाट बेचेर ल्याएको सम्पत्ति यता घर किन्ने परिपाटी बढेको छ । नेपालीहरुजे भए पनि नेपालमा राम्रो घर र व्यवस्थित रुपमा बसेका हुनाले यहाँ घर चाहिन्छ । छाप्रो नहुन्जेल औडाहा हुन्छ र रातभर निद्रा लाग्दैन ।
नेपाली समुदायको जन घनत्व दुई दशक देखि व्हात्त बढेको छ । नेपालका आफ्ना परिवार ,आफन्त ,कुटुम्ब ,नातेदार ,टोल ,गल्लि र छिमेकि सबैका मानिस अमेरिका कुनै उपायले आएका छन् । छ्याप छ्याप्ती नेपालीहरु भएकोले अब अमेरिकामा घर किन्न पनि सर सापटी लिन पाईने भएको छ । छाप्रो किन्न भने पछि पैसा लेनदेन पनि हुन् थालेको छ । अमेरिकामा घर किन्न बैंकले ऋण दिन्छ । यसको लागि आफ्नो ख्याती (क्रेडिट)राम्रो बनाए पछि घर किन्न पाईन्छ ।
एक मुष्ट रकम आफुले निकाल्नै पर्छ । अन्तिम अवस्था सम्म निकै बिबिध तथा अदृश्य रकम निकाल्नु पर्ने हुनाले आगुम साल दिउला ,नेपालको खेति बेचर दिनेछु ,दशैमा नेपाल गएर पैसा सगोलको सम्पत्ती बेचेर दिन्छु ,नेपालको घर बैंकमा राखेर दिउला ,खेतिको आयस्ता आउछ ,ससुरालीले दिन्छन ,श्रीमतीको माइत बाट आउछ भनेर पनि घर अमेरिकामा उधारो लिएर किनी रहेका पनि छन् ।
आफ्नो क्षमता भन्दा बढी रकम भएको घर किन्नै पर्ने अवस्था भए पछि आफन्त ,परिवार भित्र ,नातागोता ,कुटुम्ब ,साथीभाई ,दाजुभाई ,दिदीबहिनी ,काका,मामा ,बढा वा ,भिनाजु ,साला ,साली ,तल्लो घरे काईला ,माथ्लो घरे जेठा बा ,हजुर बुवा ,साढु भाई ,माथिल्लो गाउँको जुंगे दाई ,तल्लो टोलको चिनेको दाजु ,फुपू ,भिनाजुको साथी ,मामाको काका ,भाईको सालो को भिनाजुको काका आदी ईत्यादीको साईनो भएकालाई समेत छाप्रो किन्न पुगेन भनेर मागिन्छ । दिने चलन पनि छ । दिन्छन पनि । यसरी नेपाली सामुयय मात्र हैन अरु समुदायले पनि अनेक जुक्ति लगाई तानतुन गरि अपुग रकम जुटाउने गर्छन ।
आफुलाई पनि यस्तै पर्ने होला भनि दिने चलन सुरु भै सकेको छ । दिएको पैसा बेइमान चाही अमेरिकामा कल्पना नगरे पनि हुन्छ । उल्टो पैसा सापट लिएर गुन्डा लगाउन अमेरिकामा चल्दैन ।
तपाई पनि अमेरिकामा आए पछि घर किन्न चाहनु हुन्छ भने यो तरिका बाट पनि पुग नपुग लिन सक्नु हुनेछ । तर अमेरिकामा यसरि पनि घर किन्न पाइने रहेछ भनि उतै गएर सर सापट लिएर किन्ने भन्ने तर्फ चाही नलाग्नु नै बेस हुनेछ ।
तर पैसा लिने काम र दिने काम गर्नु भन्दा नगर्नु नै बेस हुन्छ । किनकी पैसाको लेनदेनले शत्रुता ल्याउँछ । तिक्तता ल्याउछ । मन ठूलो हुनेले आर्थिक सहयोग गर्न पछि हट्दैनन् । पैसाको कारोवार बाट भै रहेको सम्बन्ध नचिसियोस । थोर बहुत सहयोगले परदेशमा एउटा नेपालीले अचल सम्पत्ति जोड्छ भने राम्रो कुरा मान्नु पर्छ । सकारात्मक मान्नु पर्छ ।
यसो भन्दैमा यसको पछाडि नलागी ,आफुले अमेरिकामा कमाउने र आफैले जोहो गरेर राखेको मूद्राले छाप्रो जोड्नु नै महान कार्य हुने छ । माग्नु सबैभन्दा सरल काम हो । तर आफ्नो मान, ईज्जत तथा प्रतिष्ठामा बस्ने नेपाली पनि हुने भएकोले अधिकांसले आफ्नो पाखुरी र पौरख देखाएर कसैसंग सर सापटी नमागी घर किन्ने पनि हुन्छन । उनीहरुलाई बहादुर र आँटी भने पनि हुन्छ ।
दुखमा सच्चा सहयोगी को भनि चिनिने हुनाले हात फैलाउदैमा माग्ने मानिस न सानो हुन्छ न त दिने मानिस नै ठूलो हुन्छ । आपत बिपत सबैलाई पर्दछ । अमेरिकामा यसरि सरसापट लिएर भए पनि आखिर घर चाही जोडिन्छ र जोडी रहेको हुन्छ ।
अमेरिकामा नेपालीले यसरी छाप्रो जोड्छन

0 comments
Write Down Your Responses