मधेशमा आन्दोलन गरेर नाकाबन्दी गर्ने नायके राजेन्द्र महतोले सरकारसंग यसरी हेलिकप्टर भाडा मागे
काठमाडौँ २ माघ । मधेशी मोर्चाले तयार पारेको २६ घाइतेको उपचार खर्च विवरण अनुसार दुई लाख चालिस हजार रुपयाँ एम्बुलेन्समा खर्च भएको छ । दुई लाख साठ्ठी हजार बिरामी र आफन्तको खानामा खर्च भएको छ । नयाँ पत्रिका दैनिकले खबर छापेको छ ।
त्यसै गरि गाडी भाडामा ४० हजार, औषधि र मेडिसिन ल्याबमा ३९ लाख ३६ हजार तिन सय ४० रुपयाँ खर्च भएको छ । सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोलाई दिल्ली उपचारमा लैजाने क्रममा हेलिकप्टर भाडा मात्र साढे दुई लाख रुपयाँ खर्च भएको छ । महामन्त्री मनिष सुमनका अनुसार धरान बाट काठमाडौँ ल्याउदा हेलिकप्टर भाडा पार्टीले तिरेको हो ।
खबर श्रोत : DC Nepal


0 comments
Write Down Your Responses