खबर अचम्म : सन्यासीले लगाउँछन् पाँच करोडको गहना , जाडोलाई तीन किलो सुनको ज्याकेट
देहरादुन । हरिद्वारमा जारी अर्ध कुम्भ मेलाको आकर्षण बनेका छन् नयाँ दिल्लीका गोल्डेन बाबा । २५ जना सुरक्षा दस्ता र प्रहरीको घेरामा हिड्ने गोल्डेन बाबाले १५ किलो सुुन आफ्नै ज्यानमा लगाएका छन् ।
उनको ज्यानमा लगाएको सुनको मुल्य करिब पाँच करोड रुपैयाँ पर्छ । बाबासँग ३ किलोको सुनको ज्याकेट पनि रहेको बताइएको छ । सुनै सुन लगाएर हिडेका कारण गोल्डेन बाबाको नामले प्रख्यात उनको बास्तविक नाम सुशीर कुमार मक्कड हो । यिनी पहिले दिल्लीमा गार्मेन्ड कारोबारी थिए ।
त्यसपछि उनी बाबाको पहिचान बनाएर देश डुल्न थालेका हुन् । व्यापारमा भएको पाप प्रयाश्चितका लागि आफुले व्यापार छोडेको बताउँछन् ।
बाबाले लगाउने घडीको मुल्य २७ लाख भारुको हो । यो हिराजडित घडी भएको बताइएको छ । दिल्लीको गान्धी नगरमा उनको आश्रम छ । उनको आश्रममा कैयौं लक्जरी गाडी छन् ।


0 comments
Write Down Your Responses