








९ मे २०१६, आशिष राई
अध्यात्मिक सामाजिक संस्था (हेवेन्ली पाथका) महासचिवले आफ्नो संस्थाले गल्ति गरेको भए कारबाही भोग्न तयार रहेको बताउनु भएको छ । उहाँले भद्रगोल किराँती प्रहरी हिरासतमा रहेको जानकारी पनि गराउनु भएको छ । पछिल्ला दिनमा संस्थाका नाम र संस्थाका गुरुहजुरको बारेमा फैलिएको नकारात्मक कुराहरुको खण्डन गर्दै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले पछिल्लो समय भद्रगोल किरातीको नाममा लेखिएको किताव र केही संचारमाध्यमले गुरुहजुरले बारेमा लेखिएका व्यक्ति चरित्रहत्या गर्ने कुराहरु, विदेशमा बस्ने नेपालीहरुबाट पैसा उठाएर घर बनाएको लगायतका मिथ्या आरोप लगाएर आएको समाचार संस्थाको बदनाम गर्ने हेतुले गरिएको बताउनु भएको छ ।
“आरोपमा सत्यता कही छैन्, अनुयायीसँग बसेर खिचेको फोटोलाई जोडेर अन्यथामा संलग्न रहेको भनेर अफवाह फैलाउनु यो कहासम्मको नालायकीपन हो,” महासचिव राईले भन्नु भयो “यस्तो दुष्प्रचार दार्शनिक र व्यवहारिक हिसावले कतै पनि सहि देखिन्न् ।”
महासचिव राईले संचारमाध्यममा आएको जस्तो गुरुहजुरले विदेशबाट पैसा उठाएर घर बनाएको भन्ने भ्रमपूर्ण समाचार रहेको बताउनु भएको छ । उहाँले गुरुहजुरको कतै पनि घर नभएको र यदि कसैले त्यस्तो घर छ भनेर बताएमा आफूहरु गएर संस्थाको अफिस त्यहि राख्ने बताउनु भयो । उहाँले भूकम्पका बेला विभिन्न देशमा रहेका संस्थाप्रति आस्थावान राख्ने यात्रीहरुबाट रकम संकलन गरेर भूकम्प पीडितका लागि चामल वितरण गरेको, थाइ नेपाली संघ र रोटरी नेपालसँग सहकार्य गरेर सिन्धुपाल्चोकको माझी गाउँमा ४६ वटा घर बनाएको, भूकम्पका कारण भत्किएको नुवाकोटको बौद्ध गुम्बालाई झण्डै १२ लाख खर्च गरेर पुनर्निमाण गर्ने लगायतका सामाजिक कामहरु गर्दै आएको बताउनु भयो ।
photo 3महासचिव राईले भ्रदगोल किराँती नाम गरेका व्यक्तिले संस्था लगायत गुरुको चरित्र हत्या गर्न यस्तो भ्रम फैलाएको बताउनु भएको छ । “संस्थाप्रति आस्थावान प्रेमवादलाई पछ्याउने नेपालका झण्डै ५ लाख र विदेशमा रहनु भएका हजारौं यात्रीलाई चोट पुगेको छ ।” राईले भन्नु भयो “हेवेन्लीपाथले बोकेको शान्ति अभियान र प्रेमवादलाई क्यारमबोर्डको गोटीजस्तै बनाएर प्रचार गरियो ।”
महासचिव राईले यदि संस्थाका गुरुबाट गल्ति भएको भएपनि त्यसलाई सभ्यता, नैतिकताको आधारमा आफ्ना कुरा राख्न सकिने पनि बताउनु भयो । संस्थाले कसैलाई पाखा र कसैलाई काखा गर्दैन् । “यो सरासर संस्थाको बदनाम गर्ने काम हो, पहिले लुकेर गरियो । अहिले खुलेर सामाजिक संजालमा हामीविरुद्ध प्रहार गरिएको छ ।” राईले भन्नु भयो “ हामीले शुष्मरुपमा अध्ययन गरिरहेका छौं । यदि कतै गल्ति भएको भए त्यसलाई सच्याउन तयार छौं । तर कसैले पनि संस्थाको मानसम्मानमा आँच आउने काम गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो ।”
photo 2यसले सामाजिक सद्भाव भड्काउने क्रियाकलापमा जोड दिएको पनि महासचिव राईको ठहर छ । केही किराँती नेताहरुले भद्रगोललाई आफ्नो गोटी बनाएर यस्तो भ्रम फैलाएर संस्था ध्वस्त पार्ने काममा लागेका होकी भन्ने आशंका राइले गर्नु भएको हो । “यसमा हामी पछि हट्ने छैनौ, भद्रगोल साइबर क्राइममा पक्राउ परेका छन्, प्रशासनले पनि सत्यतथ्य बुझेर हामीलाई न्याय गरोस र गल्ति गरेको व्यक्ति कारबाहीको भागिदार बनोस हाम्रो माग यहि छ ।
संस्थाको बारेमा विभिन्न भ्रम फैलाएका भद्रगोल किराँतीलाई प्रहरीले पक्राउ गरेको छ । देश तथा विदेशमा रहेका हेवेन्ली पाथका यात्रीहरुले प्रशासनले सत्य तथ्य नबुझी अपराधिलाई छाड्न नहुने बताएका छन् ।
अमेरिका, क्यानडा, युके, सिंगापुर, ब्रुनाइ, कोरिया, मलेसिया, भारत थाइल्याण्ड, चाइना लगायतका देशमा यसप्रति आस्थावान यात्रीहरु रहेका छन् भने नेपालमा झण्डै २२ जिल्लामा यसले आफूप्रति आस्था राख्नेहरुको जमात बनाएको छ । २०६१ सालमा अध्यात्मीक सामाजिक संस्थाको नाममा दर्ता भएको यस संस्थाले विशेषत विश्वमा शान्ति फैलाउने, सबैमा प्रेमवाद लागुगर्ने सोंच राख्दै “विश्व धार्मिक सुधार मानव एकता” लाई अगाडि सारेर समाजिक कार्यहरुमा सक्रिय रहदै आएको बताएको छ ।
1 comments
Write Down Your Responses

May 11, 2016 at 3:23 AM